लेखसार इतिहास अतीतमा भएका घटनाहरूको यथार्थताको विवरण हो भने उपन्यास मानवजीवन र समाजको विविध पक्षको कलात्मक प्रस्तुतीकरण हो। इतिहास कुनै पनि देश, राज्य र विशेष स्थानको सत्ताकेन्द्रित हुन्छ भने उपन्यास कुनै पनि विशेष स्थानको राजनीतिकेन्द्रित हुन्छ र यसले राजनीति बाहिरको समाजलाई पनि समेट्दछ। उपन्यासमा विभिद् विषयहरू हुन्छन् र ती विषयहरूमध्ये एउटा इतिहास पनि हो। इतिहासलाई विषयवस्तु बनाएर लेखिएको उपन्यासलाई ऐतिहासिक उपन्यास भन्न सकिन्छ। नेपाली साहित्यमा इतिहासलाई विषयवस्तु बनाएर लेखिएको एउटा उपन्यास भत्किएको घर हो। उपन्यासमा उल्लिखित घर शब्दले सिक्किमलाई इङ्गित गरिएको छ। सिक्किम एउटा देश रहेको अनि देश तथा घर भत्किएको लामो प्रक्रिया उपन्यासमा वर्णित छ। सिक्किम एउटा देश भएको समयको व्यवस्था र भारतको एउटा राज्यको रूपमा गाभिएपछिको व्यवस्थामा भिन्नता रहेको पाइन्छ। कुनै पनि सत्य घटनालाई लिखित रूपमा प्रकाशित भएको कुरालाई इतिहास भनिए तापनि यस्तै यथार्थ घटनालाई कलात्मक ढङ्गमा रचना गरिएको उपन्यासलाई ऐतिहासिक उपन्यास भन्न सकिन्छ। प्रस्तुत लेखमा ‘भत्किएको घर’ उपन्यासमा रहेको ऐतिहासिक पक्षको अध्ययन गरिएको छ।
Building similarity graph...
Analyzing shared references across papers
Loading...
Sabita Tamang
Government of Sikkim
Building similarity graph...
Analyzing shared references across papers
Loading...
Sabita Tamang (Wed,) studied this question.
www.synapsesocial.com/papers/69fc2ba98b49bacb8b347933 — DOI: https://doi.org/10.56975/ijnrd.v11i4.324319